A serious analysis of the glorious history of the Nepali Congress, its current crisis, and the role of the new leadership emerging within the party clearly shows that it currently stands at a challenging ideological and structural crossroads. Standing on the unshakeable foundation of democratic socialism and nationalism propounded by B.P. Koirala, the Congress successfully led every historical political revolution and democratic movement in Nepal. However, in recent decades, due to extreme power struggles, internal factionalism, nepotism, opportunism, and policy deviations, it is facing serious accusations of losing its original character and public trust.
Amidst this discouraging and stagnant political backdrop, with the election of youth leaders like Gagan Thapa and Bishwaprakash Sharma to powerful positions such as General Secretary, which influence policy-making, through the party's 14th General Convention and subsequent internal elections, a great sense of hope and enthusiasm was ignited among ordinary citizens and loyal cadres. The establishment of an interventionist presence of the young generation in policy, system, and rule-making, challenging the old, stagnant, and inactive leadership tendencies that had dominated the party structure for years, was itself a historical leap.
However, if one critically examines the practice of the past few years and their performance, this new leadership also does not seem to have fully lived up to the expectations of the general public and their own commitments. A deep and worrying gap has emerged between the grand, transformative, and change-oriented promises made by the new leadership from the streets and parliament before assuming office, and their defensive working style observed after taking office.
The biggest criticism against this leadership is its failure to end the old tendencies deeply rooted in the party for years, and its own entanglement in the same structural labyrinth. The fact that even with a change in individuals, the style, traditions, and political culture of party operation remain the same, and the so-called new leaders also remain entangled in internal power struggles, share-outs, and factional politics between the establishment and rival groups, raises serious questions about their political capacity, willpower, and priorities.
Furthermore, the sister organizations considered the backbone and political nursery of the Congress, such as the Nepal Students Union, Nepal Tarun Dal, and Women's Association, are still not free from the problems of ad-hocism, indecisiveness, and the ‘Tike Pratha’ (patronage system). The irony is that the new leadership, which emerged by raising a voice for change on this very issue, does not seem to have taken the expected bold and decisive steps to reform it.
Being limited to competing to provide opportunities to individuals from their own group or failing to effectively intervene in the wrong decisions of the leadership has raised the suspicion that the rebellious consciousness of the youth leaders is gradually weakening under the pressure of power, authority, and political convenience. The fact that the General Secretaries, who speak in favor of internal democracy and due process within the party, themselves appear marginalized in decision-making processes or fail to bring about effective change, has also begun to raise questions about their political influence and capacity at the cadre level.
Ideologically, the question of which clear direction and destination today's Congress is heading towards still appears unanswered. Although new-generation leaders seem capable of delivering influential speeches on populist agendas in parliament and on social media, a clear framework for practical economic policies and social transformation that connects the poor, farmers, laborers, and working classes at the grassroots level with the Congress's socialist ideals has not yet been presented.
By repeatedly participating in alliances that do not align with its ideas, principles, and values, for the purpose of maintaining power equations, the Congress's original identity and ideological integrity have weakened. For this very reason, many new-generation voters are becoming disillusioned with old parties and are being attracted to alternative political forces and independent candidates.
To face the challenge of new political forces and changing public sentiment, the new leadership of the Congress appears strategically weak, defensive, and directionless. It is concerning that the old political tendency of vocally protesting against daily problems like extreme inflation, unemployment, corruption, misgovernance, and lack of opportunities while in opposition, but remaining silent after coming to power, is also seen in the new leadership.
This has further strengthened the pessimistic public perception that “no matter which Yogi comes, their ears are pierced” (a Nepali idiom meaning 'it's the same old story'). The youth leadership was expected to establish new hope, new perspectives, and results-oriented politics, but in practice, beyond showing presence in parliament, media, and social media, the general public has not experienced concrete policy implementation and effective results.
Therefore, the new leadership of the Nepali Congress needs to undertake serious self-reflection in a timely manner. The challenge before them is to prove themselves not merely through speeches, populist politics, and social media praise, but through genuine internal democratization within the party, organizational reform, ideological clarity, and concrete results connected to people's lives.
Otherwise, there is a risk that this leadership change will be limited to merely a change of faces. Should such a situation arise, it will not only weaken the future of the Congress but also further erode public trust in Nepal's democratic system.
नेपाली कांग्रेसको गौरवशाली इतिहास, यसको वर्तमान सङ्कट र पार्टीभित्र उदाएको नयाँ नेतृत्वको भूमिकालाई गम्भीरतापूर्वक विश्लेषण गर्ने हो भने यो दल अहिले एउटा चुनौतीपूर्ण वैचारिक र संरचनात्मक दोबाटोमा उभिएको स्पष्ट देखिन्छ। बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको अकाट्य जगमा उभिएर कांग्रेसले नेपालको हरेक ऐतिहासिक राजनीतिक क्रान्ति र लोकतान्त्रिक आन्दोलनहरूको सफल नेतृत्व गर्यो। तर पछिल्ला दशकहरूमा सत्ताको चरम लुछाचुँडी, आन्तरिक गुटबन्दी, नातावाद, अवसरवाद र नीतिगत विचलनका कारण यसले आफ्नो मौलिक चरित्र र जनविश्वास गुमाउँदै गएको गम्भीर आरोप खेपिरहेको छ।
यही निराशाजनक र जड राजनीतिक पृष्ठभूमिका बीच पार्टीको चौधौँ महाधिवेशन र त्यसपछिका आन्तरिक निर्वाचनहरूबाट गगन थापा र विश्वप्रकाश शर्मा लगायतका युवा नेताहरू महामन्त्री जस्तो नीति निर्माणमा प्रभाव पार्ने शक्तिशाली पदमा निर्वाचित भएसँगै आम नागरिक र निष्ठावान कार्यकर्तामा ठूलो आशा र उत्साहको सञ्चार भएको थियो। वर्षौंदेखि पार्टी संरचनामाथि प्रभाव जमाएर बसेका पुराना, जड र निष्क्रिय नेतृत्व प्रवृत्तिलाई चुनौती दिँदै नीति, थिति र विधि निर्माणमा युवा पुस्ताको हस्तक्षेपकारी उपस्थिति स्थापित हुनु आफैँमा एउटा ऐतिहासिक फड्को थियो।
तर विगत केही वर्षको अभ्यास र उनीहरूको कार्यसम्पादनलाई आलोचनात्मक दृष्टिले हेर्ने हो भने यो नयाँ नेतृत्व पनि आम जनताको अपेक्षा र आफ्नै प्रतिबद्धताको कसिमा पूर्ण रूपमा खरो उत्रिन सकेको देखिँदैन। नयाँ नेतृत्वले पदमा पुग्नुअघि सडक र सदनबाट गरेका ठूला, रूपान्तरणकारी र परिवर्तनका वाचाहरू तथा पदमा पुगेपछि देखिएको उनीहरूको रक्षात्मक कार्यशैलीबीच एउटा गहिरो र चिन्ताजनक दूरी देखिएको छ।
यस नेतृत्वमाथिको सबैभन्दा ठूलो आलोचना नै पार्टीभित्र वर्षौंदेखि जरा गाडेर बसेको पुरानो प्रवृत्तिको अन्त्य गर्न नसकेको र स्वयं त्यही संरचनात्मक चक्रव्यूहमा फसेको विषयमा भइरहेको छ। व्यक्ति फेरिए पनि पार्टी सञ्चालनको शैली, संस्कार र राजनीतिक संस्कृति उस्तै रहनु, अनि नयाँ भनिएका नेताहरू पनि संस्थापन र इतर समूहबीचको आन्तरिक शक्ति संघर्ष, भागबन्डा र गुटगत राजनीतिमै अल्झिरहनुले उनीहरूको राजनीतिक क्षमता, इच्छाशक्ति र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको छ।
यसका साथै, कांग्रेसको मेरुदण्ड र राजनीतिक नर्सरी मानिने नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल र महिला सङ्घ जस्ता भ्रातृ संस्थाहरू अझै पनि तदर्थवाद, अनिर्णयको अवस्था र ‘टिके प्रथा’ को समस्याबाट मुक्त हुन सकेका छैनन्। विडम्बना के छ भने, यही विषयमा परिवर्तनको आवाज उठाएर आएका नयाँ नेतृत्वले यसलाई सुधार गर्न अपेक्षित साहसिक र निर्णायक कदम चाल्न सकेको देखिँदैन।
आफ्नै समूहका व्यक्तिहरूलाई अवसर दिने प्रतिस्पर्धामा सीमित हुनु वा नेतृत्वका गलत निर्णयहरूमाथि प्रभावकारी हस्तक्षेप गर्न नसक्नुले युवा नेताहरूको विद्रोही चेत क्रमशः सत्ता, शक्ति र राजनीतिक सुविधाको दबाबमा कमजोर बन्दै गएको हो कि भन्ने आशङ्का जन्माएको छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र र विधिको पक्षमा बोल्ने महामन्त्रीहरू स्वयं निर्णय प्रक्रियामा किनाराकृत देखिनु वा प्रभावकारी परिवर्तन ल्याउन नसक्नुले कार्यकर्ता तहमा उनीहरूको राजनीतिक प्रभाव र क्षमता माथि पनि प्रश्न उठ्न थालेको छ।
वैचारिक रूपमा हेर्ने हो भने, आजको कांग्रेस कुन स्पष्ट दिशा र गन्तव्यतर्फ अघि बढिरहेको छ भन्ने प्रश्न अझै अनुत्तरित देखिन्छ। नयाँ पुस्ताका नेताहरू संसद् र सामाजिक सञ्जालमा लोकप्रियतावादी एजेन्डाहरूमा प्रभावशाली भाषण गर्न सक्षम देखिए पनि समाजको वास्तविक भुइँतहमा रहेका गरिब, किसान, मजदुर र श्रमजीवी वर्गलाई कांग्रेसको समाजवादी आदर्शसँग जोड्ने व्यवहारिक आर्थिक नीति र सामाजिक रूपान्तरणको स्पष्ट खाका अझै प्रस्तुत हुन सकेको छैन।
सत्ता समीकरण जोगाउने उद्देश्यले विचार, सिद्धान्त र मूल्यसँग मेल नखाने गठबन्धनहरूमा बारम्बार सहभागी भइरहँदा कांग्रेसको मौलिक पहिचान र वैचारिक निष्ठा कमजोर बनेको छ। यही कारण नयाँ पुस्ताका धेरै मतदाता पुराना दलहरूप्रति निराश हुँदै वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारतर्फ आकर्षित भइरहेका छन्।
नयाँ राजनीतिक शक्तिहरूको चुनौती र बदलिँदो जनभावनाको सामना गर्न कांग्रेसको नयाँ नेतृत्व रणनीतिक रूपमा कमजोर, रक्षात्मक र दिशाहीन देखिएको छ। आम नागरिकले चरम महँगी, बेरोजगारी, भ्रष्टाचार, कुशासन र अवसरको अभाव जस्ता दैनिक समस्याहरू भोगिरहँदा प्रतिपक्षमा हुँदा ठूलो स्वरमा विरोध गर्ने तर सत्तामा पुगेपछि मौन बस्ने पुरानै राजनीतिक प्रवृत्ति नयाँ नेतृत्वमा पनि देखिनु चिन्ताको विषय हो।
यसले गर्दा जनतामा “जुन जोगी आए पनि कानै चिरेको” भन्ने निराशावादी धारणा अझ बलियो हुँदै गएको छ। युवा नेतृत्वले नयाँ आशा, नयाँ दृष्टिकोण र परिणाममुखी राजनीति स्थापित गर्ने अपेक्षा गरिएको थियो, तर व्यवहारमा संसद्, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उपस्थिति देखाउने बाहेक ठोस नीति कार्यान्वयन र प्रभावकारी परिणामको अनुभूति आम नागरिकले गर्न सकेका छैनन्।
तसर्थ, नेपाली कांग्रेसको नयाँ नेतृत्वले समयमै गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ। केवल भाषण, लोकप्रियताको राजनीति र सामाजिक सञ्जालको प्रशंसामा सीमित भएर होइन, पार्टीभित्र वास्तविक आन्तरिक लोकतान्त्रीकरण, संगठन सुधार, वैचारिक स्पष्टता र जनजीवनसँग जोडिएका ठोस परिणाममार्फत आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती उनीहरूसामु छ।
अन्यथा, यो नेतृत्व परिवर्तन केवल अनुहार परिवर्तनमा सीमित हुने खतरा छ। यस्तो अवस्था आएमा यसले कांग्रेसको भविष्यलाई मात्र होइन, नेपालको लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वासलाई समेत थप कमजोर बनाउने सम्भावना रहनेछ।
नेपाली कांग्रेस के गौरवशाली इतिहास, उसके वर्तमान संकट और पार्टी के भीतर उभरते नए नेतृत्व की भूमिका का एक गंभीर विश्लेषण स्पष्ट रूप से दिखाता है कि यह वर्तमान में एक चुनौतीपूर्ण वैचारिक और संरचनात्मक चौराहे पर खड़ा है। बी.पी. कोइराला द्वारा प्रतिपादित लोकतांत्रिक समाजवाद और राष्ट्रवाद की अडिग नींव पर खड़ा होकर, कांग्रेस ने नेपाल में हर ऐतिहासिक राजनीतिक क्रांति और लोकतांत्रिक आंदोलन का सफलतापूर्वक नेतृत्व किया। हालांकि, हाल के दशकों में, अत्यधिक सत्ता संघर्ष, आंतरिक गुटबाजी, भाई-भतीजावाद, अवसरवाद और नीतिगत भटकाव के कारण, यह अपनी मूल पहचान और जनता का विश्वास खोने के गंभीर आरोपों का सामना कर रहा है।
इस निराशाजनक और स्थिर राजनीतिक पृष्ठभूमि के बीच, पार्टी के 14वें महाधिवेशन और उसके बाद के आंतरिक चुनावों के माध्यम से, गगन थापा और विश्वप्रकाश शर्मा जैसे युवा नेताओं के महासचिव जैसे शक्तिशाली पदों पर चुनाव से, जो नीति-निर्माण को प्रभावित करते हैं, आम नागरिकों और वफादार कार्यकर्ताओं के बीच आशा और उत्साह की एक बड़ी भावना प्रज्वलित हुई। नीति, प्रणाली और नियम-निर्माण में युवा पीढ़ी की एक हस्तक्षेपवादी उपस्थिति की स्थापना, उन पुरानी, स्थिर और निष्क्रिय नेतृत्व प्रवृत्तियों को चुनौती देते हुए, जिन्होंने वर्षों से पार्टी की संरचना पर हावी थी, अपने आप में एक ऐतिहासिक छलांग थी।
हालांकि, यदि पिछले कुछ वर्षों की कार्यप्रणाली और उनके प्रदर्शन का आलोचनात्मक विश्लेषण किया जाए, तो यह नया नेतृत्व भी आम जनता की अपेक्षाओं और अपनी प्रतिबद्धताओं पर पूरी तरह खरा उतरता नहीं दिख रहा है। नए नेतृत्व द्वारा पदभार संभालने से पहले सड़कों और संसद से किए गए भव्य, परिवर्तनकारी और परिवर्तन-उन्मुख वादों और पदभार संभालने के बाद उनकी रक्षात्मक कार्यशैली के बीच एक गहरा और चिंताजनक अंतर सामने आया है।
इस नेतृत्व के खिलाफ सबसे बड़ी आलोचना पार्टी में वर्षों से गहराई से जमी पुरानी प्रवृत्तियों को समाप्त करने में इसकी विफलता और उसी संरचनात्मक भूलभुलैया में इसकी अपनी उलझन है। यह तथ्य कि व्यक्तियों में बदलाव के बावजूद, पार्टी संचालन की शैली, परंपराएं और राजनीतिक संस्कृति वही बनी हुई है, और तथाकथित नए नेता भी आंतरिक सत्ता संघर्षों, बंटवारों और प्रतिष्ठान और प्रतिद्वंद्वी समूहों के बीच गुटबाजी की राजनीति में उलझे रहते हैं, उनकी राजनीतिक क्षमता, इच्छाशक्ति और प्राथमिकताओं के बारे में गंभीर सवाल उठाता है।
इसके अलावा, कांग्रेस की रीढ़ और राजनीतिक नर्सरी मानी जाने वाली बहन संगठन, जैसे नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल और महिला संघ, अभी भी तदर्थवाद, अनिर्णय और 'टीके प्रथा' (संरक्षण प्रणाली) की समस्याओं से मुक्त नहीं हैं। विडंबना यह है कि नया नेतृत्व, जो इसी मुद्दे पर बदलाव की आवाज उठाकर उभरा था, इसे सुधारने के लिए अपेक्षित साहसिक और निर्णायक कदम उठाता नहीं दिख रहा है।
अपने समूह के व्यक्तियों को अवसर प्रदान करने की होड़ तक सीमित रहना या नेतृत्व के गलत निर्णयों में प्रभावी ढंग से हस्तक्षेप करने में विफलता ने इस संदेह को जन्म दिया है कि युवा नेताओं की विद्रोही चेतना शक्ति, अधिकार और राजनीतिक सुविधा के दबाव में धीरे-धीरे कमजोर हो रही है। यह तथ्य कि महासचिव, जो पार्टी के भीतर आंतरिक लोकतंत्र और उचित प्रक्रिया के पक्ष में बात करते हैं, स्वयं निर्णय लेने की प्रक्रियाओं में हाशिए पर दिखाई देते हैं या प्रभावी बदलाव लाने में विफल रहते हैं, ने कार्यकर्ता स्तर पर उनके राजनीतिक प्रभाव और क्षमता के बारे में भी सवाल उठाना शुरू कर दिया है।
वैचारिक रूप से, आज की कांग्रेस किस स्पष्ट दिशा और गंतव्य की ओर बढ़ रही है, यह सवाल अभी भी अनुत्तरित प्रतीत होता है। यद्यपि नई पीढ़ी के नेता संसद और सोशल मीडिया पर लोकलुभावन एजेंडों पर प्रभावशाली भाषण देने में सक्षम लगते हैं, लेकिन जमीनी स्तर पर गरीबों, किसानों, मजदूरों और श्रमिक वर्गों को कांग्रेस के समाजवादी आदर्शों से जोड़ने वाली व्यावहारिक आर्थिक नीतियों और सामाजिक परिवर्तन के लिए एक स्पष्ट ढांचा अभी तक प्रस्तुत नहीं किया गया है।
सत्ता समीकरणों को बनाए रखने के उद्देश्य से, अपने विचारों, सिद्धांतों और मूल्यों के अनुरूप न होने वाले गठबंधनों में बार-बार भाग लेकर, कांग्रेस की मूल पहचान और वैचारिक अखंडता कमजोर हो गई है। इसी कारण से, कई नई पीढ़ी के मतदाता पुरानी पार्टियों से मोहभंग हो रहे हैं और वैकल्पिक राजनीतिक ताकतों और स्वतंत्र उम्मीदवारों की ओर आकर्षित हो रहे हैं।
नई राजनीतिक ताकतों और बदलते जनमानस की चुनौती का सामना करने के लिए, कांग्रेस का नया नेतृत्व रणनीतिक रूप से कमजोर, रक्षात्मक और दिशाहीन प्रतीत होता है। यह चिंताजनक है कि विपक्ष में रहते हुए अत्यधिक महंगाई, बेरोजगारी, भ्रष्टाचार, कुशासन और अवसरों की कमी जैसी दैनिक समस्याओं के खिलाफ मुखर रूप से विरोध करने, लेकिन सत्ता में आने के बाद चुप रहने की पुरानी राजनीतिक प्रवृत्ति नए नेतृत्व में भी देखी जा रही है।
इसने निराशावादी जनधारणा को और मजबूत किया है कि “जो जोगी आए, कान छेदे” (एक नेपाली मुहावरा जिसका अर्थ है 'पुरानी कहानी ही है')। युवा नेतृत्व से नई आशा, नए दृष्टिकोण और परिणाम-उन्मुख राजनीति स्थापित करने की उम्मीद थी, लेकिन व्यवहार में, संसद, मीडिया और सोशल मीडिया में उपस्थिति दिखाने से परे, आम जनता ने ठोस नीति कार्यान्वयन और प्रभावी परिणामों का अनुभव नहीं किया है।
इसलिए, नेपाली कांग्रेस के नए नेतृत्व को समय रहते गंभीर आत्मनिरीक्षण करने की आवश्यकता है। उनके सामने चुनौती यह है कि वे खुद को केवल भाषणों, लोकलुभावन राजनीति और सोशल मीडिया की प्रशंसा के माध्यम से ही नहीं, बल्कि पार्टी के भीतर वास्तविक आंतरिक लोकतंत्रीकरण, संगठनात्मक सुधार, वैचारिक स्पष्टता और लोगों के जीवन से जुड़े ठोस परिणामों के माध्यम से साबित करें।
अन्यथा, यह जोखिम है कि यह नेतृत्व परिवर्तन केवल चेहरों के बदलाव तक ही सीमित रहेगा। यदि ऐसी स्थिति उत्पन्न होती है, तो यह न केवल कांग्रेस के भविष्य को कमजोर करेगा, बल्कि नेपाल की लोकतांत्रिक व्यवस्था में जनता के विश्वास को भी और कम कर देगा।
नेपाली कांग्रेसको गौरवशाली इतिहास, यसको वर्तमान सङ्कट र पार्टीभित्र उदाएको नयाँ नेतृत्वको भूमिकालाई गम्भीरतापूर्वक विश्लेषण गर्ने हो भने यो दल अहिले एउटा चुनौतीपूर्ण वैचारिक र संरचनात्मक दोबाटोमा उभिएको स्पष्ट देखिन्छ। बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको अकाट्य जगमा उभिएर कांग्रेसले नेपालको हरेक ऐतिहासिक राजनीतिक क्रान्ति र लोकतान्त्रिक आन्दोलनहरूको सफल नेतृत्व गर्यो। तर पछिल्ला दशकहरूमा सत्ताको चरम लुछाचुँडी, आन्तरिक गुटबन्दी, नातावाद, अवसरवाद र नीतिगत विचलनका कारण यसले आफ्नो मौलिक चरित्र र जनविश्वास गुमाउँदै गएको गम्भीर आरोप खेपिरहेको छ।
यही निराशाजनक र जड राजनीतिक पृष्ठभूमिका बीच पार्टीको चौधौँ महाधिवेशन र त्यसपछिका आन्तरिक निर्वाचनहरूबाट गगन थापा र विश्वप्रकाश शर्मा लगायतका युवा नेताहरू महामन्त्री जस्तो नीति निर्माणमा प्रभाव पार्ने शक्तिशाली पदमा निर्वाचित भएसँगै आम नागरिक र निष्ठावान कार्यकर्तामा ठूलो आशा र उत्साहको सञ्चार भएको थियो। वर्षौंदेखि पार्टी संरचनामाथि प्रभाव जमाएर बसेका पुराना, जड र निष्क्रिय नेतृत्व प्रवृत्तिलाई चुनौती दिँदै नीति, थिति र विधि निर्माणमा युवा पुस्ताको हस्तक्षेपकारी उपस्थिति स्थापित हुनु आफैँमा एउटा ऐतिहासिक फड्को थियो।
तर विगत केही वर्षको अभ्यास र उनीहरूको कार्यसम्पादनलाई आलोचनात्मक दृष्टिले हेर्ने हो भने यो नयाँ नेतृत्व पनि आम जनताको अपेक्षा र आफ्नै प्रतिबद्धताको कसिमा पूर्ण रूपमा खरो उत्रिन सकेको देखिँदैन। नयाँ नेतृत्वले पदमा पुग्नुअघि सडक र सदनबाट गरेका ठूला, रूपान्तरणकारी र परिवर्तनका वाचाहरू तथा पदमा पुगेपछि देखिएको उनीहरूको रक्षात्मक कार्यशैलीबीच एउटा गहिरो र चिन्ताजनक दूरी देखिएको छ।
यस नेतृत्वमाथिको सबैभन्दा ठूलो आलोचना नै पार्टीभित्र वर्षौंदेखि जरा गाडेर बसेको पुरानो प्रवृत्तिको अन्त्य गर्न नसकेको र स्वयं त्यही संरचनात्मक चक्रव्यूहमा फसेको विषयमा भइरहेको छ। व्यक्ति फेरिए पनि पार्टी सञ्चालनको शैली, संस्कार र राजनीतिक संस्कृति उस्तै रहनु, अनि नयाँ भनिएका नेताहरू पनि संस्थापन र इतर समूहबीचको आन्तरिक शक्ति संघर्ष, भागबन्डा र गुटगत राजनीतिमै अल्झिरहनुले उनीहरूको राजनीतिक क्षमता, इच्छाशक्ति र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको छ।
यसका साथै, कांग्रेसको मेरुदण्ड र राजनीतिक नर्सरी मानिने नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल र महिला सङ्घ जस्ता भ्रातृ संस्थाहरू अझै पनि तदर्थवाद, अनिर्णयको अवस्था र ‘टिके प्रथा’ को समस्याबाट मुक्त हुन सकेका छैनन्। विडम्बना के छ भने, यही विषयमा परिवर्तनको आवाज उठाएर आएका नयाँ नेतृत्वले यसलाई सुधार गर्न अपेक्षित साहसिक र निर्णायक कदम चाल्न सकेको देखिँदैन।
आफ्नै समूहका व्यक्तिहरूलाई अवसर दिने प्रतिस्पर्धामा सीमित हुनु वा नेतृत्वका गलत निर्णयहरूमाथि प्रभावकारी हस्तक्षेप गर्न नसक्नुले युवा नेताहरूको विद्रोही चेत क्रमशः सत्ता, शक्ति र राजनीतिक सुविधाको दबाबमा कमजोर बन्दै गएको हो कि भन्ने आशङ्का जन्माएको छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र र विधिको पक्षमा बोल्ने महामन्त्रीहरू स्वयं निर्णय प्रक्रियामा किनाराकृत देखिनु वा प्रभावकारी परिवर्तन ल्याउन नसक्नुले कार्यकर्ता तहमा उनीहरूको राजनीतिक प्रभाव र क्षमता माथि पनि प्रश्न उठ्न थालेको छ।
वैचारिक रूपमा हेर्ने हो भने, आजको कांग्रेस कुन स्पष्ट दिशा र गन्तव्यतर्फ अघि बढिरहेको छ भन्ने प्रश्न अझै अनुत्तरित देखिन्छ। नयाँ पुस्ताका नेताहरू संसद् र सामाजिक सञ्जालमा लोकप्रियतावादी एजेन्डाहरूमा प्रभावशाली भाषण गर्न सक्षम देखिए पनि समाजको वास्तविक भुइँतहमा रहेका गरिब, किसान, मजदुर र श्रमजीवी वर्गलाई कांग्रेसको समाजवादी आदर्शसँग जोड्ने व्यवहारिक आर्थिक नीति र सामाजिक रूपान्तरणको स्पष्ट खाका अझै प्रस्तुत हुन सकेको छैन।
सत्ता समीकरण जोगाउने उद्देश्यले विचार, सिद्धान्त र मूल्यसँग मेल नखाने गठबन्धनहरूमा बारम्बार सहभागी भइरहँदा कांग्रेसको मौलिक पहिचान र वैचारिक निष्ठा कमजोर बनेको छ। यही कारण नयाँ पुस्ताका धेरै मतदाता पुराना दलहरूप्रति निराश हुँदै वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारतर्फ आकर्षित भइरहेका छन्।
नयाँ राजनीतिक शक्तिहरूको चुनौती र बदलिँदो जनभावनाको सामना गर्न कांग्रेसको नयाँ नेतृत्व रणनीतिक रूपमा कमजोर, रक्षात्मक र दिशाहीन देखिएको छ। आम नागरिकले चरम महँगी, बेरोजगारी, भ्रष्टाचार, कुशासन र अवसरको अभाव जस्ता दैनिक समस्याहरू भोगिरहँदा प्रतिपक्षमा हुँदा ठूलो स्वरमा विरोध गर्ने तर सत्तामा पुगेपछि मौन बस्ने पुरानै राजनीतिक प्रवृत्ति नयाँ नेतृत्वमा पनि देखिनु चिन्ताको विषय हो।
यसले गर्दा जनतामा “जुन जोगी आए पनि कानै चिरेको” भन्ने निराशावादी धारणा अझ बलियो हुँदै गएको छ। युवा नेतृत्वले नयाँ आशा, नयाँ दृष्टिकोण र परिणाममुखी राजनीति स्थापित गर्ने अपेक्षा गरिएको थियो, तर व्यवहारमा संसद्, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उपस्थिति देखाउने बाहेक ठोस नीति कार्यान्वयन र प्रभावकारी परिणामको अनुभूति आम नागरिकले गर्न सकेका छैनन्।
तसर्थ, नेपाली कांग्रेसको नयाँ नेतृत्वले समयमै गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ। केवल भाषण, लोकप्रियताको राजनीति र सामाजिक सञ्जालको प्रशंसामा सीमित भएर होइन, पार्टीभित्र वास्तविक आन्तरिक लोकतान्त्रीकरण, संगठन सुधार, वैचारिक स्पष्टता र जनजीवनसँग जोडिएका ठोस परिणाममार्फत आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती उनीहरूसामु छ।
अन्यथा, यो नेतृत्व परिवर्तन केवल अनुहार परिवर्तनमा सीमित हुने खतरा छ। यस्तो अवस्था आएमा यसले कांग्रेसको भविष्यलाई मात्र होइन, नेपालको लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वासलाई समेत थप कमजोर बनाउने सम्भावना रहनेछ।
Have a concern? Send a Freedom Letter directly to authorities. Your identity remains protected.केही गुनासो छ? सिधै अधिकारीहरूलाई स्वतन्त्र पत्र पठाउनुहोस्। तपाईंको पहिचान सुरक्षित रहन्छ।有顾虑吗?直接向当局发送一封自由信。您的身份将受到保护。